close

जीतपुरसिमरामा सुत्केरी गाईभैँसीलाई पोषण भत्ता

१ अर्व ७० करोड ६ लाख ६५ हजार ५ सय रूपैयाँको बजेट

जीतपुरसिमरामा सुत्केरी गाईभैँसीलाई पोषण भत्ता

१ अर्व ७० करोड ६ लाख ६५ हजार ५ सय रूपैयाँको बजेट

Trulli
ADVERTISEMENT

बारा । जीतपुरसिमरा उपमहानगरले सुत्केरी गाईभैँसीलाई पोषण भत्ता दिने भएको छ । बुधबार बजेट सार्वजनिक गर्दै उपमहानगरले सुत्केरी गाईभैँसीका लागी बजेट बिनियोजन गरेको हो । 

नगरका सुत्केरी गाइभैँसीलाई ७ दिनको लागी नगद १ हजारका दरले मिनरल (पोषक तत्व) भिटामिन वितरण गर्ने भएको छ । जसका लागि नगरले ५ लाख रुपैँया बिनियोजन गरेको छ ।

त्यसैगरी नगरले पशुहरुको वाँझोपन निवारणका लागी पनी बजेट विनियोजन गरेको छ । पशुपालक कृषकहरुको गुनासो र समस्याहरुको आधारमा नगरले आर्थिक वर्ष २०८०/८१ म बाँझोपन सम्बन्धि शिविर संचालन गर्ने भएको छ । जसका लागी ५ लाख रकम बिनियोजन गरेको हो । 

नगरले आर्थिक वर्ष २०८०/८१ का लागि पशुपंक्षि बिकास शाखा मार्फत २ करोड ४२ लाख रकम बिनियोजन गरेको छ ।

१ अर्व ७० करोड ६ लाख ६५ हजार ५ सय रूपैयाँको बजेट
बाराको जीतपुरसिमरा उपमहानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्व ७० करोड ६ लाख ६५ हजार ५ सय रूपैयाँको बजेट पेश गरेको छ ।

सिमरा स्थित क्लासिक होटलमा आठौँ नगर सभाको दोश्रो बैठकको आयोजना गरी उपमहानगरले बजेट सार्वजनिक गरेको हो । यसअघि उपमहानगरले असार २ गते नीति तथा कार्यक्रम पास गरी बुधबार बजेट सार्वजनिक गरेको हो ।

अघिल्लो आर्थिक वर्षको बजेट १ अर्व ९२ करोड ९४ लाख घोषणा गरिएकोमा यो वर्ष करिव ३१ करोड आय घटेको छ । यसैबिच यो वर्ष २ अर्व १ करोड ८० लाख ४८ हजार ४ सय ११ को खर्च तथा व्यय विवरण पेस गरिएको छ । तर आय भन्दा व्यय बढी भई यो वर्ष नगरले ३१ करोड ७३ लाख ८२ हजार घाटा बजेट प्रस्तुत गरेको छ ।

उपमहानगरका उपप्रमुख भोला प्रसाद अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय ४२ करोड ४ लाख, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान  २८ करोड, राजश्व बाडफाँटबाट ३९ करोड ७३ लाख लगायत रहेको छ । जीतपुरसिमराका २४ वटा वडाका लागि प्रत्येक वडामा जनसंख्याका आधारमा रकम बिनियोजन गरिएको छ । ठुला वडालाई २ करोड ३१ लाख देखी १ करोडसम्म प्रत्येक वडालाई बिनियोजन गरिएको छ ।


 उपमहानगरले यसै वर्षबाट नगरमा स्वयम सेवक शिक्षक नियुक्त गर्न बजेट बिनियोजन गरेको छ । करिव ३ करोडको बजेटमा नगरमा स्वयम सेवक शिक्षक नियुक्त गरी शैक्षिक क्षेत्रको विकासमा केन्द्रित रहने समेत बताईएको छ । उपमहानगरले यो वर्ष ठुला आयोजनालाई महत्वमा राखेको छ । साना र टुक्रे आयोजनामा अनियमितता हुने र काम प्रभावकारी नहुने भन्दै ठुला र प्रभावकारी आयोजनालाई मात्रे नीति तथा कार्यक्रमबाट अनुमोदन गरेको हो ।


जीतपुरसिमराले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि उत्पादन, खानेपानी, दिगो पूर्वाधार विकास निर्माण तथा प्रभावकारी सेवा प्रवाहमार्फत् सुशासन कायम गरी उपमहानगरवासीलाई परिवर्तनको प्रत्यक्ष लाभ पु¥याउन कटिबद्ध रहेको उपमहानगरपालिकाले जनाएको छ ।