close

सूर्योदयले तीन पाङ्ग्रे सवारी साधनको नविकरण नगर्ने

सूर्योदयले तीन पाङ्ग्रे सवारी साधनको नविकरण नगर्ने

Trulli
ADVERTISEMENT

इलाम । सूर्योदय नगरपालिकाले आगामी साउन महिनादेखि तीन पाङ्ग्रे सवारी साधन दर्ता नगर्न निर्देशन दिएको छ । शुक्रबार नगरप्रमुख रण बहादुर राईको अध्यक्षतामा बसेको कार्यपालिकाले बैठकले सो निर्णय गरेको हो । 

नगरप्रमुख राईले भने, 'नगरपालिकाको समिति र प्रमुख प्रशासकीय अधिकृतलाई नगरप्रमुखको यो आदेश वा निर्देशन हो । अब कुनै पनि तीन पाङ्ग्रे सवारी साधनको कुनै पनि नविकरण वा दर्ता नगर्नु होला ।' 

उनले साउन ७ गतेभित्र पालिकाद्वारा सञ्चालन गरेको पार्कको पार्किङ स्थल निमार्ण सम्पन्न गर्न समेत निर्देशन दिएका छन् । पार्किङ निर्माण भएसँगै ८ गतेदेखि सवारी साधान पार्क गर्नको लागि उनको निर्देशन छ । 

उनले सो कार्य गर्नको लागि आवश्यक तयारी गर्न नगरपालिकाले सहयोग गर्ने जानकारी दिए ।