close

काठमाडौंका नियमित र आकस्मिक अनुगमन कार्यलाई योजनावद्ध बनाइने

काठमाडौंका नियमित र आकस्मिक अनुगमन कार्यलाई योजनावद्ध बनाइने

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाबाट हुने अनुगमन कार्यलाई व्यवस्थित र नतिजामुखी बनाउन ‘अनुगमन टोली परिचालन कार्यविधि’ र ‘मूल्याङ्कन दिग्दर्शन’ तर्जुमा हुने भएको छ ।  अनुगमन मूल्याङ्कनका लागि प्राप्त कानुनी अधिकारको प्रभावकारी प्रयोगका लागि कार्यविधि र दिग्दर्शन तर्जुमा गर्न लागिएको हो ।

आइतबार उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगरको ‘अनुगमन मूल्याङ्कन समिति’ को बैठकमा कार्यविधि र दिग्दर्शन तर्जुमा गर्ने, महानगरको नीति कार्यान्वयन योजना, वार्षिक कार्ययोजना, खरिद योजना र अनुगमन तथा मूल्याङ्कन योजनाका तालमेलका विषयमा छलफल भएको भयो । 

‘अनुगमनले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा पृष्ठपोषण दिन्छ । पूर्वाधार निर्माण र विकासका योजनाको मापदण्ड पालनामा दवाब सिर्जना हुन्छ । जनजीविकालाई सरल सहज बनाउन मद्दत गर्छ,’ बैठकमा उपप्रमुख डंगोलले भनिन्, ‘सूचक तयार गर्ने, सूचना र विवरण तयार गरि कामको खाका तयार पार्ने काम साउन महिनाभित्रमा पूरा गरौँ । भाद्र महिनाबाट नियमित र आकस्मिक अनुगमनलाई नियमित सञ्चालन गर्नुपर्छ ।’

बैठकमा महानगरका नीति, महानगर गौरवका योजना, स्वर्णिम योजना र यी कार्यक्रमको कार्यान्वयन कार्ययोजनासँग अनुगमनको तालमेलका सम्बन्धमा छलफल गरिएको थियो ।