close

तरकारी तथा फलफूल आयातमा आठबिसकोटले ७५ प्रतिशत कर लगाउने

तरकारी तथा फलफूल आयातमा आठबिसकोटले ७५ प्रतिशत कर लगाउने

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– आठबीसकोट नगरपालिकाले पालिका बाहिरबाट आयातित तरकारी बालीमा कर लगाउने भएको छ । पालिकामा तरकारी आयातलाई रोकि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य सहित चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले जिल्ला बाहिर वा विदेशबाट आयातित तरकारी बालीमा ७५ प्रतिशत कर लगाउने गरी नीति तथा कार्यक्रम ल्याएको हाे । 

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत पालिकाले कृषिजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गरेको छ । पालिकाले कर कम लगाउँदा आयातित कृषिजन्य उत्पादनसँग स्थानीय किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले बजार मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेको थिएन । स्वदेशी उत्पादन आयातित कृषिजन्य वस्तुभन्दा महँगो पर्न जाँदा कृषकले बजार पाउन सकेका थिएनन् ।

नगरपालिका भित्रका कृषकहरुको उत्पादन, बिक्रि, वितरण र कृषकलाई प्रोत्साहन हुनेगरी जिल्ला बाहिर वा विदेश बाट आयत तरकारी बालीमा कुल मुल्यको ७५ प्रतिशतसम्म कर लगाइने नगरप्रमुख रवि केसीले जानकारी दिए ।

‘करमा छुट दिँदा उच्च आयात भई विदेशी तरकारीले बजार कब्जा गरेको अवस्था छ,’ प्रमुख केसीले भने, ‘जसले गर्दा विदेशी आयातित तरकारी तथा फलफूलसँग यहाँका किसानले प्रतिस्पर्धा गर्न सकेका थिएनन् । हामीले यो वर्षको बजेटमार्फत किसानले उत्पादन गरेको वस्तुलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषिजन्य वस्तुको आयातमा ७५ प्रतिशत सम्म भ्याट लाग्ने बनाएका छौँ। पालिकाले आयातित तरकारी, वनस्पति तथा फलफूलमा भ्याट लाग्ने बनाएसँगै बजारमा ती वस्तु मूल्य महँगो हुने भएका छन् । तर, यसले कृषकलाई भने राहत पुग्नेछ ।’

आठबीसकोट नगरपालिकामा किवी, सुन्तला, आँप, अङ्गुर, स्याउ, आलु, गोलभेँडा, धान, गहुँ खेती राम्रो हुने गरेको छ । नगरपालिकाको साे नीतिबाछ बाह्य उत्पादन निरुत्साहित हुने र स्वदेशी किसानले मूल्य पाउने विश्वास लिईएको छ ।