close

सामुदायिक विद्यालयको समायोजन गर्दै धनगढी

सामुदायिक विद्यालयको समायोजन गर्दै धनगढी

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाले १४ वटा सामुदायिक विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारको लागि विद्यालय समायोजना गर्ने निर्णय गरेको हो । 

उपमहानगरपालिकाको अनुसार 'विद्यालय समायोजन तथा दरवन्दी मिलान नियमावली– २०८०' बमोजिम अनुरुप उपमहानगरको कार्यपालिका र नगर सभाको बैठकले विद्यालयकाे समायोजन गर्ने व्यवस्था निर्णय  गरेको हो । सोमध्ये उपमहानगरपालिकाले बिहिबारसम्म ९ वटा विद्यालयको समायोजन गरिसकेको छ ।

भौतिक पूर्वाधार, शिक्षक अभाव तथा  न्यून विद्यार्थी भएका विद्यालयहरूलाई समायोजन गर्ने निर्णय भएको उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख अकबर चन्दले पालिकाखबरलाई बताए । 

उनले शिक्षक दरबन्दी अपुग भएकोले विद्यालयलाई समायोजन गर्न लागेको बताए । 'कुनै विद्यालयको तह घटेको छ । कुनै समायोजन भएका छन्,' उनले भने, 'सबै गाँभिएको होइन् । शिक्षकको दरबन्दी अपुग भएकोले विद्यालयकाे तह घटाएकाे हाे ।' 

उपमहानगरपालिकामा अपुग शिक्षकको लागि पालिकाले दरबन्दी नदिएको र सरकारले दिएको शिक्षकबाट पठनपाठन भइरहेको उनले सुनाए । उनका अनुसार उपमहानगरपालिकाभित्र ७२ वटा सामुदायिक विद्यालय सञ्चालन हुँदै आएका छन् ।

तीमध्ये ५ वटा प्राथमिक विद्यालयलाई समायोजन गरिने उनले बताए । कार्यान्वयन भएपछि विद्यालयको संख्यामा पुन थपघट हुने उनको भनाइ छ ।