close

पछिल्लो एक वर्षमा न्यायिक समितिमा सात सय उजुरी

पछिल्लो एक वर्षमा न्यायिक समितिमा सात सय उजुरी

Trulli
ADVERTISEMENT

दाङ– दाङका स्थानीय तहका न्यायिक समितिमा पछिल्लो एक वर्षमा करिब सात सय उजुरी परेका छन् । स्थानीय तहको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा छ सय ८४ वटा उजुरी परेको जनाइएको छ । कुल उजुरीमध्ये चार सय ७३ वटा फर्छ्यौट भएका छन् । 

सबैभन्दा बढी एक सय ३४ वटा उजुरी तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा परेको छ । साथै सबैभन्दा कम राजपुर गाउँपालिकामा परेको छ । जहाँ १६ वटामात्र उजुरी परेको स्थानीय तहको वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

घोराही उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा एक सय २९ उजुरी परेकोमा एक सय एक उजुरी फर्छ्यौट भएका छन् । तुलसीपुर उपमहानगरपालिकाको न्यायिक समितिमा गत आवमा एक सय ३४ वटा उजुरी परेकोमा ६२ वटा फर्छ्यौट भएका छन् । लमही नगरपालिकाको न्यायिक समितिमा गत आवमा ३४ वटा उजुरी परेकोमा २९ वटा मुद्दा फर्छ्यौट भएका छन् । 

राप्ती गाउँपालिकाको न्यायिक समितिमा गत आवमा ४४ वटा उजुरी परेकोमा सबै फर्छ्यौट भएका छन् । गढवा गाउँपालिकाको न्यायिक समितिमा गत आवमा एक सय २४ वटा उजुरी परेकोमा एक सय नौ वटा फर्छ्यौट भएका छन् । 

राजपुर गाउँपालिकाको न्यायिक समितिमा गत आवमा १६ वटा उजुरी परेकोमा नौ वटा मुद्दा फर्छ्यौट भएका छन् । बङ्गलाचुली गाउँपालिकामा गत आवमा ३८ वटा उजुरी परेकोमा १५ वटा उजुरी फर्छ्यौट भएका छन् । 

त्यसैगरी शान्तिनगर गाउँपालिकाको न्यायिक समितिमा गत आवमा ५८ वटा उजुरी परेकोमा ५३ वटा उजुरी फर्छ्यौट भएका छन् । तर, फर्छ्यौट भएका उजुरी के कसरी भएका हुन् भन्नेबारेमा केही उल्लेख गरिएको छैन । 

दङ्गीशरण गाउँपालिकाको न्यायिक समितिमा गत आवमा २६ वटा उजुरी परेकोमा १२ वटा उजुरी फर्छ्यौट भएका छन् भने बबई गाउँपालिकाको न्यायिक समितिमा ८१ वटा उजुरी परेकोमा ३९ वटा फर्छ्यौट भएका छन् ।