close

मनपरी गाडी भाडा असुल्न थालेपछि गाउँपालिकाद्वारा भाडादर निर्धारण

मनपरी गाडी भाडा असुल्न थालेपछि गाउँपालिकाद्वारा भाडादर निर्धारण

Trulli
ADVERTISEMENT

म्याग्दी - अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकको गाडी भाडादर निर्धारण गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय सडकहरूको भाडादर निर्धारण गरेको जनाएको छ ।

सूचनाका अनुसार गत शुक्रबार गाउँ कार्यपालिकाको बैठकले स्थानीय सडकमा गाडी भाडा निर्धारण गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार स्थानीय  क्षेत्रमा सञ्चालित सार्वजनिक यातायातले मनपरी भाडा लिने गरेको व्यापक गुनासो आएपछि भाडादर कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । 

पालिकाले निर्णय गरेभन्दा बढी भाडा लिएमा प्रचलित कानुनअनुसार कार्वाही गर्ने उनले बताएका छन् । उनले जिल्ला प्रशासन कार्यालय म्यादीले निर्धारण गरे बमोजिम शुल्क निर्धारण गरेको बताए । 

गाउँपालिकाले निर्धारण गरेकाे गाडीभाडा शुल्क