close

‘धुलिखेलका विकास आयोजनामा अनियमितता छैन’ : उपप्रमुख जंगम

‘धुलिखेलका विकास आयोजनामा अनियमितता छैन’ : उपप्रमुख जंगम

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिकाले १० लाखसम्मका योजनाको अनुगमनको अधिकार वडा अनुगमन समितिलाई दिएको छ । १० भन्दा माथीको आयोजनाको अनुगमन नगरपालिकाको अनुगमन समितिले गर्ने गरेको उपप्रमुख निराजन जंगमले जानकारी दिए । 

धुलिखेलका विकास आयोजनाको अनुगमनमा खासै अनियमितता नपाइने उपप्रमुख जंगमले पालिकाखबरसँग बताए । ‘धुलिखेलका प्राय विकास योजना उपभोक्ता समितिले सञ्चालन गर्छन् ।’ उपभोक्ता समितिले सञ्चालन गरेको आयोजनामा समिति स्वयम्ले पनि लागत जुटाउनुपर्ने भएकाले अनियमितता नहुने उनको भनाइ छ ।

यदि अनुगमनको क्रममा आयोजनाको स्टिमेटअनुसार नभएमा पालिकाले रकम भुक्तानी नगर्ने उनले बताए ।  यसका साथै नगरपालिकाले समय/समयमा बजारको अनुगमन पनि गर्ने गरेको छ । पछिल्लो समय पालिकामा मासुको व्यवस्थापनको लागि अनुगमन गरेको नगरपालिकाका उपप्रमुख जंगमले बताए ।

‘अनुगमन पछि मासु व्यवसायीहरुलाई तालिम प्रदान गर्यौँ । आवश्यक सामाग्री दिएर पठाएका छौँ ,’ पालिकाले दिएको सामाग्रीको सही प्रयोग भएको छ की छैन भनेर पुनः अनुगमन गर्ने उनले सुनाए ।

बजार अनुमनमा सामान्य खुद्रा पसल, चिया पसलदेखि सम्पूर्ण बजारको अनुगमन गरिन्छ । ‘आवश्यकताअनुसार बजारको अनुगमन गछौँ,’  उनले भने ।