close

जब १६ कठ्ठा जग्गा १२ लाख ऋणका लागि सहकारीकाे नाममा लिलाम गराइयाे...

जब १६ कठ्ठा जग्गा १२ लाख ऋणका लागि सहकारीकाे नाममा लिलाम गराइयाे...

Trulli
ADVERTISEMENT

चितवन– गत आर्थिक वर्ष २०७९/०८० मा रत्ननगर नगरपालिकाको न्यायिक समितिमा १२५ ओटा मुद्दा दर्ता भए । दर्ता भएका मध्ये लेनदेन, जग्गाको सिमाना, अंशवण्डा, श्रीमान श्रीमतीबिचको झगडाका मुद्दा न्यायिक समितिमा धेरै आएको नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक यादव प्रसाद पाठकले बताए । 

‘न्यायिक समितिमा जग्गा विवादको एउटा मुद्दा आयो । एउटा सामान्य नागरिकको १६ कठ्ठा जग्गा राखेर २०६८ सालमा १२ लाख रुपैयाँ ऋण लिएका रहेछन् । उक्त जग्गा वडा नं ५ को लालगुँरास सहकारीको नाममा लिलाम भएको रहेछ ।’ उनले पालिकाखबरसँग भने, ‘मैले लालीगुँरास सहकारीलाई बोलाएर १६ कठ्ठा मध्ये ९ कठ्ठा लालीगुँरास सहकारी र ७ कठ्ठा सम्बन्धित व्यक्तिलाई  उपलब्ध गराएँ ।’ 

उपप्रमुख यादवको संयुजकत्वको न्यायिक समितिले यस्ता सयभन्दा बढी मुद्दा मिलाइसकेको जनाइएकाे छ। समितिमा दर्ता भएका १२५ मुद्दामध्ये १५ ओटा छिनोफानो हुन बाँकी रहेको उनले जानकारी दिए ।  न्यायिक समितिमा छिनोफानो गर्न नसकिएका ५/७ ओटा मुद्दामात्र  अदालत पठाइएको उनले बताए । 

‘नगरपालिकाको हरेक वडामा मेलमिलाप केन्द्र छन् । मेलमिलाप केन्द्रमा मिल्न नसकेका मुद्दा मात्र न्यायिक समितिमा ल्याइन्छ,’ उनले भने।