close

बालअधिकार सुनिश्चितताको लागि घोषणापत्रको तयारीमा मालिका

बालअधिकार सुनिश्चितताको लागि घोषणापत्रको तयारीमा मालिका

Trulli
ADVERTISEMENT

गुल्मी - मालिका गाउँपालिकाले बाल अधिकार सुनिश्चितताको लागि घोषणापत्र जारी गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुरुप घोषणापत्र जारी गर्न लागेको हो । 

सोका लागि आवश्यक तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष देवीराज अर्यालले बताए । उनले सोका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको पालिकाखबरलाई जानकारी दिए । 

उनका अनुसार गाउँपालिकाले बालबालिका लक्षित कार्यक्रममार्फत सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कार्यक्रमको लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले सुनाए ।