close

पाँचखालको उर्दी - सडकको मापदण्डविपरीत संरचना नबनाउनू

पाँचखालको उर्दी - सडकको मापदण्डविपरीत संरचना नबनाउनू

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चाेक – पाँचखाल नगरपालिकाले सडकको मापदण्डभित्र कुनै पनि संरचना नबनाउन निर्देशन दिएको छ । नगरपालिकाले अरनिको राजमार्गको दायाँ र बायाँ २५/२५ मिटर भित्रमा कुनै पनि संरचना नबनाउन निर्देशन दिएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार सडक मापदण्डभित्र कुनै अस्थायी वा स्थायी रुपले नयाँ संरचना निमार्णमा रोक लगाएको हो । गत साउन २२ गते अघि बनिसकेका संरचनाहरुको सम्बन्धमा सम्बन्धित सरोकारवाला निकाय, व्यक्तिहरुसँग छलफल तथा बहस गर्दै आएको उनले पालिकाखबरलाई बताए । 

सो समस्याको दिर्घकालिन समाधानका खोजी गर्दै जाने नगरपालिकाले जनाएको छ । उक्त कार्य तोकिएको मापदण्ड अनुसार कार्यान्वयनका लागि नगरपालिका तथा वडा कार्यालयहरुबाट नियमित अनुगमन, निरिक्षण, नियमन गर्ने उनले सुनाए ।

उनले नगर कार्यपालिकाको बैठकले नै सडक मापदण्डभित्र कुनै पनि संरचना बनाउन नपाइने निर्णय गरेको बताए ।