close

यी हुन् विद्यालय बन्द गरिरहे कारबाहीको चेतावनी दिने स्थानीय तहहरू

यी हुन् विद्यालय बन्द गरिरहे कारबाहीको चेतावनी दिने स्थानीय तहहरू

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा बुधबारदेखि प्रदर्शन गरिरहेका छन् । 

विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका शिक्षकहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् । स्थानीय सरकारले शिक्षकहरुको मागमा सहमति भए पनि विद्यार्थीहरुको पढाइलाई प्रभावित गर्न नहुने भन्दै विद्यालय बन्द नगर्न आग्रह गरेका छन् । 

विद्यालय बन्द गरिरहेमा कारबाही गर्ने चेतावनी समेत केही स्थानीय सरकारले दिएका छन् । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, फक्ताङलुङ गाउँपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका,कृष्णनगर नगरपालिका लगायतले विद्यालय बन्द नगर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।

त्यस्तै, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले पनि विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी नहुन शिक्षकहरुलाई आग्रह गरेका छन् । संविधानले व्यवस्था गरेको बालबालिकाको मौलिक हक हनन गर्न नहुने स्थानीय सरकारको बुझाइ छ ।