close

बालबालिकालाई सुर्तीजन्य सामग्री बेच्नेलाई वडाको कारबाही

बालबालिकालाई सुर्तीजन्य सामग्री बेच्नेलाई वडाको कारबाही

Trulli
ADVERTISEMENT

गोरखा - सिरानचोक गाउँपालिकाको  वडा ३ ले  बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । गाउँपालिकाले बालबालिका तथा विद्यार्थीलाई मदिराजनय पदार्थबाट टाढा राख्नको लागि एक महिना अधिकारी सो निर्णय गरेको हो । 

हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको वडाअध्यक्ष जगदिश्वर ढकालले बताए । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष उनले सुनाए । 

वडाध्यक्ष ढकालले वडा कार्यालयको बैठक नै बसेर निर्णय गरी वडाभित्र मदिरा बिक्री वितरणमा कडाई गरेको बताए । वडा कार्यालयले लागू गरेको नियम कडाइका साथ कार्यान्वयन गरिने उनको भनाइ छ । निर्णयविपरीत कसैले मदिरा तथा सुर्तीजन्य सामग्री बिक्री वितरण गरेको पाइएमा पाँच सय रुपैयाँ जरिवाना तथा व्यवसाय दर्ता खारेज गरिने उनले पालिकाखबरलाई बताए । 

पुन सोही कार्य दोहोरिएमा थप सजाय तथा सार्वजनिक मुद्दा लगाइने उनको भनाइ छ । तर एक महिनासम्म कुनै व्यवसायीले निर्णयविपरित सुर्तीजन्य सामग्री बालबालिकालाई बिक्री गरेको नपाइएको उनको भनाइ छ ।