close

मुद्दा दर्ता हुने दर ३ गुणाले बढ्यो

मुद्दा दर्ता हुने दर ३ गुणाले बढ्यो

Trulli
ADVERTISEMENT

बझाङ- केदारस्यु गाउँपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष ७ वटा मुद्दाको छिनोफानो गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितीकी संयोजक मनिषा धामीकाे संयाेजकत्वमा विवाद मिलाइएको हो ।

उपाध्यक्ष धामीका अनुसार गत आर्थिक वर्षमा पालिकामा ४ वटा मुद्दा मात्रै परेका थिए । चालु आर्थिक वर्षमा १२ वटा मुद्दा परेको उनले जानकारी दिइन । १२ वटा मुद्दामा ७ वटाकाे फैसला भएको र ५ वटा फैसला हुन बाँकी रहेको उनले पालिकाखबरलाई जानकारी दिइन् ।

आफ्नो कार्यक्षेत्रभित्रका मुद्दालाई छिनोफानो गर्ने गरेको तथा कार्यक्षेत्र बाहिरको विवाद भएमा जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालय पठाउने गरेको उनले पालिकाखबरलाई जानकारी दिइन् । 

पालिकामा घरेलुहिंसा, खानेपानीको मुहान, बाटोघाटोलगायत सम्बन्धिका मुद्दाहरु बढी आउने गरेको उनको भनाइ छ । पालिकाबाट न्यायिक समितीलाई गत वर्ष बजेट विनियाेजन नगरे पनि चालू आवमा १० लाख रुपैयाँ  विनियोजन भएकाे उनले सुनाए ।