close

जग्गा विवादका कारण नगरपालिका धाउँदै साँधेरी

जग्गा विवादका कारण नगरपालिका धाउँदै साँधेरी

Trulli
ADVERTISEMENT

रौतहट- राजदेवी नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको मुद्दा धेरै आउने गरेका छन् । नगरपालिकामा साँध सिमाना, जग्गा मिच्ने तथा सडक मिच्ने भएकोले जग्गा विवादको मुद्दा धेरै दर्ता हुने गरेको हो । 

तीबाहेक आर्थिक लेनदेन, घरायसी हिंसालगायतको विषयमा मुद्दा पर्ने नगरपालिकाले जनाएको छ । राजदेवी नगरपालिकाकी उपप्रमुख राजकुमारी देविका श्रीमान तथा सल्लाहकार पवन साहका अनुसार न्यायिक समितिमा आउने विवादलाई मेलमिलापकर्ताको सहयोगबाट छिनाफानो गर्दै आएको छ ।  मुद्दाको दुवै पक्षलाई बोलाएर छलफल गरी मेलमिलापमार्फत छिनोफानो गर्ने उनले पालिकाखबरलाई सुनाए । 

नगरपालिकामा गत आर्थिक वर्ष २०७९ र ०८० मा ३६ वटा मुद्दा दायर भएका थिए । तीमध्ये १४ वटाको छिनोफानो गरेको उनले सुनाए । तर चालु आवमा परेको मुद्दाको संख्याबारे जानकारी नभएको उनले सुनाए । 

समितिमा ८ वर्षदेखि दुई वटा मुद्दा चल्दै आएको छ । सो मुद्दाको दुबै पक्ष सम्पर्कमा नआएकोले टुंगो नलागको उनले सुनाए ।  समितिमा आवश्यकताको आधारमा नगरप्रहरी र स्थानीय प्रहरीकोसमेत व्यवस्था गरिने उनले बताए ।