close

दर्ता भएकामध्ये ५० प्रतिशत मुद्दाको छिनोफानो

दर्ता भएकामध्ये ५० प्रतिशत मुद्दाको छिनोफानो

Trulli
ADVERTISEMENT

कैलाली– कैलारी गाउँपालिकाको न्यायिक समितिले ५० प्रतिशत मुद्दाको मात्रै छिनोफानो गरेको छ । समितिमा हालसम्म दर्ता भएका ६४ मध्ये ३२ वटाको मात्रै छिनोफानो गरेको हो । 

गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक भगवतीकुमारी चौधरीले समितिमा दर्ता भएको मुद्दामध्ये ५० प्रतिशत मात्रै छिनोफानो भएको बताइन् । दुबै पक्षका व्यक्ति सम्पर्कमा नआउने भएकाले न्यायिक कार्यमा ढिलाई भएको उनले पालिकाखबरलाई बताइन् । 

उनका अनुसार समितिमा जग्गा, साँध सिमाना, लेनदेन, ज्यालामजदुरीसम्बन्धी मुद्दा दर्ता हुने गरेको छ । मुद्दाको छिनोफानो गर्नको लागि आफ्नो नेतृत्वमा छलफल गर्ने उनले सुनाइन् ।

उनले न्यायिक कार्यलाई सहज बनाउनका लागि स्थानीय बासिन्दालाई समितिबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । साथै गाउँपालिकाभित्र मेलमिलापकर्ताको तालिम सञ्चालन गरेको उनले सुनाइन् । उनका अनुसार गाउँपालिकाले न्यायिक समितिका लागि चालु आर्थिक वर्ष १५ लाख वजेट विनियोजन गरेको छ।