close

पालिकामा न्याय सम्पादनका लागि पाँच लाख विनियोजन

पालिकामा न्याय सम्पादनका लागि पाँच लाख विनियोजन

Trulli
ADVERTISEMENT

बझाङ– तलकोट गाँउपालिकाको न्यायिक समितिमा दर्ता भएका सबै मुद्दाको छिनोफानो गरेको छ । गाउँपालिकाको न्यायिक समितिमा हालसम्म  २०   मुद्दा दर्ता भएका थिए । ती सबै मुद्दाको छिनोफानो समितिले गरेको हो । 

न्यायिक समितिकी संयोजक तथा उपाध्यक्ष पार्बती कुँवर भण्डारीका अनुसार गाउँघरमा गाईवस्तुले बाली खाएर र दाजुभाइबीचमा भएका झगडाका मुद्दाहरू आउने गरेका छन् । ती सबै मुद्दा दुवै पक्षलाई बोलाएर मेलमिलाप गरी छिनोफानो गरेको उनले पालिकाखबरलाई बताइन् ।

'गत आवमा वर्ष १७ वटा  मुद्दा थिए । चालू आवमा ३ वटा मात्र मुद्दा परेका थिए । अहिले भने कुनै पनि परेकाे छैन,' उनले भनिन्, 'आगामी दिनमा पनि आउने आशा राखेका छौँ ।'  यस्तै कुटपिटका मुद्दा आएमा कानुनी सल्लाहकारको सहायताले जिल्ला पठाउने गरेको उनले बताइन् । 

न्यायिक समितिका लागि पालिकाको आन्तरिक बजेटबाट ५ लाख विनियोजन गरेको उपाध्यक्ष भण्डारीले जानकारी दिइन् ।