close

लेकममा ९ वटा मात्रै मुद्दा दर्ता

लेकममा ९ वटा मात्रै मुद्दा दर्ता

Trulli
ADVERTISEMENT

दार्चुला – लेकम गाउँपालिकाकाे न्यायिक समितिले ९ वटा मुद्दा  दर्ता भएकाे छ । तीमध्ये ८ वटा मुद्दाको छिनोफानो भएकाे गाउँपालिकाले जनाएकाे छ । 

 न्यायिक समितिमा एउटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक माधवी जोशीले बताए ।  उनका अनुसार समितिमा ज्याला मजदुरीका मुद्दाहरु बढी आउने गरेकाे छ । समितिमा घरेलु हिंसाका मुद्दा, गाउँघरमा भएका झैझगडाका मुद्दाहरु नआएकाे उनले पालिकाखबरलाई सुनाए ।

उनले समितिबारे स्थानीयलाई जनचेतना मुलक कार्यक्रम गर्ने योजना बनाएकाे बताइन् । कार्तिक महिनापछि साे कार्यक्रम सञ्चालन गर्ने उनकाे भनाइ छ । गाउँपालिकाले चालू आर्थिक वर्ष  न्यायिक समिति व्यवस्थापनका लागि भनेर ५ लाख वजेट विनियोजन गरेको छ