close

बराहतालले गर्‍यो प्रत्येक वडामा मेलमिलापकर्ता परिचालन

बराहतालले गर्‍यो प्रत्येक वडामा मेलमिलापकर्ता परिचालन

Trulli
ADVERTISEMENT

सुर्खेत– बराहताल गाउँपालिकाले प्रत्येक वडामा पुगेर मिलापत्रको काम गर्दै आएको छ  । स्थानीय न्यायिक समितिले प्रत्येक वडामा मेलमिलाप कर्ता परिचालन गरी सो कार्य गर्न थालेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाकाे न्यायिक समितिकी संयोजक लक्ष्मी पुन मगरका अनुसार प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी मेलमिलापको काम गर्दै आएको हो ।  गाउँपालिकाले न्यायिक समितिमार्फत मेलमिलाप कर्तालाई तालिम दिएर वडाको समस्या वडामै समाधान गर्न परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक लक्ष्मी पुन मगरले पालिकाखबरलाई जानकारी दिइन् ।

गाउँपालिकामा गत वर्ष १३ वटा मुद्दा न्यायिक समितिमा आएका थिए । 'तीमध्ये ६ वटाको छिनोफानो गर्याै । ७ वटा मुद्दा दर्ता भए तर छिनोफानो गर्न न्यायिक समितिमा कोही आएनन्,' उनले भनिन् । छिनोफानो गर्न चिठ्ठी पठाउँदा पनि मान्छे नभेटिएपछि ७ वटा मुद्दा निष्कृय भएकाे उनले बताइन् ।

न्यायिक समितिमा घरेलु विवाद, सिमानासम्बन्धी मुद्दाहरु आउने गर्छन । अहिलेसम्म आएका मुद्दाहरु न्यायिक समितिमा नै मेलमिलाप गरेको उनले बताइन् । 

उनले भने, 'स्थानीयलाई गत वर्ष न्यायिक समितिको बारेमा तालिम र जनचेतनामूलक कार्यक्रम गरेका थियौँ भने चालू आर्थिक वर्षमा पनि तालिम र जनचेतनामूलक कार्यक्रम गर्ने योजनामा छ । गत वर्ष गरेका थियौँ चालु आवमा प्रक्रियामा छन् ।' न्यायिक समितिका लागि ५ लाख बजेट विनियोजन गरेको उनले जनाएका छन् ।