close

मासु ओसारपसार गर्दै हुनुहुन्छ ? कारबाहीमा पर्ला नि ।

मासु ओसारपसार गर्दै हुनुहुन्छ ? कारबाहीमा पर्ला नि ।

Trulli
ADVERTISEMENT

रुपन्देही - तिलाेत्तमा नगरपालिकाले जथाभावी रुपमा मासु ओसारपसार नगर्न निर्देशन दिएको छ । छिमेकी मूलुकबाट अबैध रुपमा कुखुराको मासु निर्यात भइ जथाभावी बेचेको गुनासो आएपछि सो निर्देशन दिएको हो । 

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै मोटर साइकलमा जथाभावी मासु ओसारपसार गर्दै आएको जनाइएको छ । पालिकाले निर्देशन पालना नगरी जथाभावी मासु विक्री गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जनाइएको छ । 

जथाभावी रुपमा मासु ओसारपसार गरिएको पाइएमा पक्राउ गरी सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।