close

बालेनलाई अदालतको आदेश : सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्नू

बालेनलाई अदालतको आदेश : सुर्तीजन्य पदार्थ बिक्री रोक्ने निर्णय कार्यान्वयन नगर्नू

Trulli
ADVERTISEMENT

काठमाडौं- उच्च अदालत, पाटनले काठमाडौं महानगरलाई सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउनेबारे गरेको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

महानगरले सुर्ती, खैनी, गुट्खा, पान पराग जस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाएको छ । साथै चुरोट खुद्रा बेञ्च रोक लगाएको छ भने सार्वजनिक स्थानको १०० मिटर वरपर धूमपान गरे १०० रुपैयाँ जरिवाना गर्ने निर्णय समेत गरेको थियो ।