close

नियम विपरित सञ्चालित ३२ वटा ई–रिक्सा उपमहानगरको नियन्त्रणमा

नियम विपरित सञ्चालित ३२ वटा ई–रिक्सा उपमहानगरको नियन्त्रणमा

Trulli
ADVERTISEMENT

बाँके - नेपालगन्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ ।  ई–रिक्सालई उपमहानगरपालिकाले कडाई गरेसँगै ३२ वटालाई नियन्त्तणमा लिएको हो । 

उपमहानगरपालिकाले नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्सालाई कारबाही गर्दै आएको जनाइएको छ । 

 उप–महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाका  अनुसार नियन्त्रणमा लिइसकेपछि आवश्यक कागजात लिएर आएका १५ ई–रिक्सालाई छाडिएको छ। नेई–रिक्सा चालकहरूमा ट्राफिक नियमको बारेमा जानकारी नहुँदा दुर्घटनाको सङ्ख्या पनि बढेपछि उपमहानगरपालिकाले कारबाही गर्न थालेको हो ।  

ई–रिक्सा व्यवस्थापनमा चुनौती देखिएका बेला नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले व्यवस्थापनको कार्यविधि बनाएर काम गरेका थिए ।