close

धरानमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण तथा भण्डारमा रोक

धरानमा सुर्तीजन्य पदार्थ बिक्रि वितरण तथा भण्डारमा रोक

Trulli
ADVERTISEMENT

सुनसरी– धरान उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थ विक्रि वितरण तथा भण्डारमा रोक लगाउने भएको छ । उपमहानगरले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता वस्तुमा विक्रि तथा प्रयोगमा रोक लगाएको शुक्रबार एक सूचना जारी गर्दै जनाएको छ ।

उपमहानगरको कार्यपालिकाको वैठकको निर्णयअनुसार सार्वजनिक स्थानमा सुर्ती, चुरोट, विँडी, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा पदार्थ प्रयोृगमा रोक लगाउन लागेको सो सूचनामा उल्लेख छ । 

नगर क्षेत्रमा १५ दिनभित्रमा सार्वजनिक स्थलमा सुर्ती तथा सुर्तीजन्य पदार्थ पूर्ण रुपमा प्रतिबन्ध लगाइने धरान उपमहानगरपालिकाले जनाएको छ ।