close

नवनिर्मित इजलाश कक्षबाट सेवा सुरु

नवनिर्मित इजलाश कक्षबाट सेवा सुरु

Trulli
ADVERTISEMENT

सर्लाही- लालबन्दी नगरपालिकाले नवनिर्मित इजलाश कक्षबाट आझदेखि सेवा सुरु गरेको छ । नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक कल्पना माया पाख्रीनका अनुसार पुरानो भवनबाट सरेर आजदेखि नयाँ भवनबाट सेवा प्रारम्भ गरिएको हो । । 

आज पहिलो दिन ३ वटा मुद्दामाथि नयाँ इजलाश कक्षमा छलफल भएको उनले पालिकाखबरलाई सुनाइन् । पहिलाको इजलाश असुरक्षित तथा साँघुरो भएको कारण समस्या थियो । तर नव निर्मित भवनबाट सेवा सुरु भएसँग प्रबाहमा समेत सहज भएको उनको भनाइ छ । 

त्यस्तै, नगरपालिकाको हरिपुर, कविलासी र मलंगवाका विभिन्न ठाउँमा अत्यधिक चिसो बढेसँगै दाउरा वितरण गरिएको छ । 

नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करूपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको हो । नगरपालिकाको सहयोगमा साझेदारी वन उपभोक्ता समितिले ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गरेको हो । 

लालबन्दी नगरपालिकाको सहयोगमा  साझेदारी वन उपभोक्ता समिती द्वारा ३ क्विन्टल दाउरा वितरण गरिसकिएको छ । चिसोबाट जोगाउनका लागि नगरपालिकाको ४ सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाइएको छ ।