close

फेदीखोलाकाे १४ औँ गाउँसभा सम्पन्न

फेदीखोलाकाे १४ औँ गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

स्याङ्जा– फेदीखोला गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सोमबार गाउँसभा सम्पन्न भएको हो । 

पालिकाको गाउँसभामा कुल २९ जना सदस्य छन् । सभाका सदस्यहरुको पूर्ण सहभागितामा गाउँसभा सम्पन्न भएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए  । 

गाउँसभामा सामान्य बजेट संशोधनका काम भएको उनले जानकारी दिए । उनले भने, ‘केहि बजेटको शीर्षक परिवर्तन भयो । वडाबाट सम्पन्न नहुने योजनाहरुको संशोधन भयो ।’

गाउँसभामा वार्षिक योजना, स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन लिजाको प्राप्त अंकको विषयमा जानकारी गराइएको उनले बताए ।

उनका अनुसार सभामा कुनैपनि ऐन, विधयेक प्रस्तावित थिएनन् । त्यसैले गाउँसभामा कुनैपनि ऐन तथा विधयेक पारित नभएको उनले पालिकाखबरलाई बताए । 

सभाका सदस्यहरुसँग बस्ती स्तरबाट बनाउने आगामी योजनाका विषयमा छलफल गर्दै पालिकाको १४ औँ गाउँसभाको सम्पन्न भएको उनले जानकारी दिए ।