close

थबाङको न्यायिक समितिमा ६ वटा मुद्दा दर्ता

थबाङको न्यायिक समितिमा ६ वटा मुद्दा दर्ता

Trulli
फाइल तस्विर
ADVERTISEMENT

रुकुम पूर्व– थबाङ गाउँपालिकाको न्यायिक समितिमा ६ वटा मुद्दा दर्ता भएका छन् । गाउँपालिकाकाे न्यायिक समितिमा चालु आर्थिक वर्षमा ६ वटा मुद्दा दर्ता भएकाे हाे । 

 तीमध्ये ३ वटा मुद्दाको छिनोफानो गरेको छ  भने तीन वटा बाँकी रहेकाे न्यायिक समितिकी संयोजक तथा उपाध्यक्ष सर्मिला बुढा मगरले जानकारी दिइन् । उनका अनुसार समितिमा महिला हिंसा, लेनदेन, साँध सिमानालगायतका मुद्दा बढी आउने गरेको छ ।

गाउँपालिकाले वडा/वडामा मेलमिलापकर्ता गठन गरेको उनकाे भनाइ छ । वडाका मेलमिलाप कर्ताले छिनाफानो गर्न नसकेका मुद्दा न्यायिक समितिमा आएको उनले सुनाइन् । पाँच वटा वडामा पाँच जना मेलमिलाप कर्ता छनौट गरी तालिम दिएको उनको भनाइ छ ।

पछिल्लो समय वडा वडामा मेलमिलापकर्ता गठनपछि न्यायिक समितिमा कम मुद्दा आएको उनको भनाइ छ । आफ्नो क्षेत्राधिकारभित्रका मुद्दा वडामा र वडाले नसकेको मुद्दा मात्र न्यायिक समितिमा छिनोफानो गर्ने गरेको उनले सुनाइन ।

पालिकामा आर्थिक वर्ष २०७७/०७८ मा दुई वटा मुद्दाको छिनोफानो गरेको उनले बताइ । आर्थिक वर्ष २०७८/०७९ मा १० वटा मुद्दाको छिनोफानो गरेको उनले सुनाइन् । 

त्यसैगरी २०७९/०८० मा तीन वटा मुद्दा छिनोफानो गरेको उनको अनुभव छ । तीन वटा मुद्दा छिनाफानो गर्न बाँकी रहेको उनले बताइन । न्यायिक समितिको लागि भनेर पाँच लाख बजेट विनियोजना गरेको उनले बताइन् ।