close

रोशीको १४औँ गाउँसभाबाट आर्थिक ऐन संशोधन प्रस्ताव पारित

रोशीको १४औँ गाउँसभाबाट आर्थिक ऐन संशोधन प्रस्ताव पारित

Trulli
ADVERTISEMENT

काभ्रे- रोशी गाउँपालिकाको १४औँ गाउँ सभा सम्पन्न भएको छ । 

गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा बसेको सभाले आर्थिक ऐन माथिको संशोधन प्रस्ताव, अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्ताव र न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्ताव लगायत विभिन्न प्रस्तावहरू पास गरेकाे छ । 

सभामा गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले टेवल गरेको न्यायिक समितिको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्ताव, प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार तामाङले टेवल अर्धबार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित भएको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा कुल ७४ करोड २७ लाख ६० हजार आय हुने र सोही अनुसार व्यय हुने गाउँपालिकाले अनुमान गरेको थियो । प्रवक्ता बसन्त कुमार तामाङले पेश गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन अनुसार गाउँपालिकाले चालु आवमा हालसम्म ३५ करोड ५३ लाख ३६ हजार ३१३ रुपैयाँ आय गरेको छ भने २६ करोड ६९ लाख ७५ हजार ६७ व्याय गरेको छ ।