close

कुसेमा लेनदेनमा मुद्दा धेरै दर्ता

कुसेमा लेनदेनमा मुद्दा धेरै दर्ता

Trulli
ADVERTISEMENT

जाजरकोट– कुसे गाउँपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्ष २०८०/८१ मा लेनदेनका मुद्दा बढी दर्ता भएका छन् । 

चालु आर्थिक वर्ष २०८०/८१ मा ८ वटा मुद्दा दर्ता भएको उपाध्यक्ष तथा न्यायिक समिति संयोजक देविका कुमारी सिंहले जानकारी दिइन् । उनकाअनुसार तीमध्ये न्यायिक समितिमा लेनदेनका ६ वटा मुद्दा दर्ता भएका छन् ।

दर्ता भएका मुद्दामध्ये ३ वटाको छिनोफानो भएकाे र ४ वटा प्रक्रियामा रहेका छन् । निवेदन दर्ता गरेको एकजना व्यक्ति सम्पर्क बाहिर रहेको उपाध्यक्ष तथा संयोजक सिंहले पालिकाखबरलाई जानकारी दिइन् । 

गाउँपालिकामा आएका सबै मद्दा मेलमिलाप प्रक्रियाबाटै छिनोफानो गरेको उनको भनाइ छ । गत वर्ष ७ वटा मुद्दा परेको थिए । त्यसमध्ये एउटा घरेलु हिंसासम्बन्धि मुद्दा परेको उनको भनाइ छ । 

यसका साथै वडा वडामा मेलमिलाप केन्द्र गठन गरेको तथा हरेक वडामा मेलमिलाप कर्ता छनौट गरेको उनको भनाइ छ । वडाअध्यक्षको रहोवरमा मेलमिलाप केन्द्रमा तीन वटा कुर्सी, एउटा टेबल, एउटा दराज र माइनोट दिएको उनले बताइन् । 

उनले भनिन्, 'गत वर्ष ९ वटाबाट ३/३ जना मेलमिलाप कर्ता बोलाएर पालिकामा ७ दिने क्षमता अभिवृद्धिको तालिम सञ्चालन गरेको थियो ।' मेलमिलाप कर्तालाई तालिमपछि वडा वडामा पठाएको उनले बताइन ।

मेलमिलाप केन्द्र गठनपछि वडामै मुद्दा छिनोफानो गर्ने गर्छन् भने वडाले नसकेका मुद्दा मात्रै न्यायिक समितिमा आउने गरेको उनको भनाइ छ । महिनामा एक पटक न्यायिक समितिको मिटिङ बस्ने गरेको छ । महिनाभरीका मुद्दा जम्मा गरेर पालै पालो पत्र पठाइ मुद्दा छिनाफानो गर्दै आएको उनको भनाइ छ ।

यसका साथै भेरी नगरपालिका बाहेक जिल्लाभर अरु पालिकामा वकिल पढेका छैनन् कहिलेकाही मुद्दामा समस्या आउने गरेको उनको गुनासो छ । कुनै मुद्दामा समस्या आए ज्याला दिएर जिल्लाबाट वकिल बोलाइ कानुनी सल्लाह लिएर छिनोफानो गरेको उनले सुनाइन् । पालिकाले न्यायिक समितिका लागि १५ लाख बजेट विनियोजन गरेको उनले बताइन् ।