close

लिखुपिकेमा मेलमिलाप केन्द्र गठन

लिखुपिकेमा मेलमिलाप केन्द्र गठन

Trulli
ADVERTISEMENT

सोलुखुम्बु - लिखुपिके गाउँपालिकाले वडागत रुपमा मेलमिलाप केन्द्र गठन गरेको छ । न्यायिक कार्यमा सहज गर्ने उदेश्यसहित गाउँपालिकाले मेलमिलाप केन्द्र गठन गरेको हो । 

गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक ङवाङ ल्हाक्पा शेर्पाका अनुसार पालिकाभित्रका ५ वटै वडामा केन्द्र गठन गरेको हो । गाउँपालिकाले आइतबार सबै वडाभित्र केन्द्र गठन गरेको उनले पालिकखबरलाई सुुनाए । 

गाउँपालिकाले मेलमिलापकर्तासम्बन्धी ४८ घण्टे तालिम दिएसँगै केन्द्र गठन गरेको उनको भनाइ छ । चालु आवमा आवश्यक बजेट र व्यवस्थापन गरी केन्द्र गठन गरेको उनले सुनाए । 

केन्द्र गठन भएसँगै न्यायिक कार्य वडाबाट हुने उनको भनाइ छ । केन्द्रबाट मेलमिलाप हुन नसकेको विवाद मात्रै न्यायिक समितिमार्फत गरिने उनले बताए ।