close

छथर जोरपाटीमा दोस्रो गाउँसभा सुरु

छथर जोरपाटीमा दोस्रो गाउँसभा सुरु

Trulli
ADVERTISEMENT

धनकुटा - छथर जोरपाटी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशन सुरु भएको छ । गाउँपालिकाको सभाहलमा बुधबारदेखि गाउँसभाको चौथो अधिवेशन सुरु भएको हो ।

गाउँपालिकाको अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार गाउँसभा शुक्रबारसम्म सञ्चालन हुने छ । बुधबारबाट सुरु भएको गाउँसभामा संशोधन तथा निर्माण गर्नुपर्ने कानुन पेश, बिहिबार सोबारे छलफल र शुक्रबार आवश्यक कानून पारित गरिने उनले पालिकाखबरलाई सुनाए । 

गाउँसभाबाट कानून निर्माण तथा संशोधन गर्नुका साथै समसामयिक विषयमा छलफल गरिने उनको भनाइ छ । गाउँसभामा आवश्यक छलफल गरी निर्णय गरेपछि कार्यान्वयनमा ल्याउने छ ।