close

सहिदभूमिमा दोस्रो गाउँसभाको चौथो अधिवेशन सुरु

सहिदभूमिमा दोस्रो गाउँसभाको चौथो अधिवेशन सुरु

Trulli
ADVERTISEMENT

धनकुटा - सहिदभूमि गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशन सुरु भएको छ । बिहीबार गाउँपालिकाकाे सभाहलमा एक कार्यक्रमको आयोजना गरी अधिवेशन सुरु भएको हो । 

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नविन कार्कीका अनुसार अधिवेशनको पहिलो बैठकमा चालु आवको संशोधित बजेट पेश भएको छ । सो बजेट गाउँपालिकाकी उपाध्यक्ष रत्नश्वरी राईले बैठकमा पेश गरेकी हुन् । 

गाउँपालिकाका अध्यक्षा मनाेज राईका अनुसार बिहीबार बसेकाे बैठकमा स्थानीय शिक्षा ऐन २०७५ संशाेधनकाे लागि पेश गरेकाे छ । सो संशोधित ऐन र बजेट छलफल गरी अर्को बैठकबाट पारित गरिने उनले पालिकाखबरलाई सुनाए । उनका अनुसार अर्को बैठक यही फागुन १६ गते बस्नेछ । 

गाउँसभामा पालिकाभित्रका ३८ मध्ये ३३ जना प्रतिनिधिकाे सहभागिता रहेकाे उनकाे भनाइ छ ।