close

छथर जोरपाटीको गाउँसभा सम्पन्न

छथर जोरपाटीको गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

धनकुटा-  छथर जोरपाटी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा बुधबार सुरु भएको गाउँसभा शुक्रबार सम्पन्न भएको हो । 

गाउँपालिकाको प्रवक्ता टेकबहादुर तामाङका अनुसार तीन दिने गाउँसभाबाट चालु आर्थिक वर्ष २०८०/०८१ को संशोधित बजेट तथा दुई वटा ऐन पारित गरेको छ । गाउँसभाले चालु आवमा वडाहरुको बजेट रकमान्तर गरेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँसभाबाट वातावरण संरक्षण तथा प्राकृतिक स्रोत सम्बन्धमा व्यवस्थापन गर्न बनेको ऐन २०८० सर्वसम्मत रुपमा पारित गरेको उनले सुनाए । पूर्वाधार विकास ऐन २०७५ संशोधन गरेको उनको भनाइ छ । 

गाउँपालिकाले बुधबार सो ऐन तथा बजेट गाउँसभामा पेश, बिहीबार छलफल तथा शुक्रबार पारित गरेको हो ।