close

धनपालथानमा तेह्रौँ गाउँसभा सुरु

धनपालथानमा तेह्रौँ गाउँसभा सुरु

Trulli
ADVERTISEMENT

मोरङ - धनपालथान गाउँपालिकाको तेह्रौँ गाउँसभाको अधिवेशन सुरु भएको छ । गाउँपालिकाको कार्यपालिका भवनमा सोमबारदेखि अधिवेशन सुरु भएको हो । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेशकुमार झाका अनुसार सोमबार बसेको गाउँसभा बैठकमा संशोधित विनियोजन विद्येयक र दुई वटा कानून संशोधनको लागि पेश भएको छ । छलफलको क्रममा रहेको सो विद्येयक र कानून गाउँसभाको अर्को अधिवेशनबाट पारित गर्ने उनले पालिकाखबरलाई बताए । 

अर्को अधिवेशनको लागि मिति तय नभएको उनले बताए । केही दिनमा मिति तय गरी अधिवेशन गरिने उनको भनाइ छ । सोमबारको अधिवेशनमा पालिकाभित्रका सबै कर्मचारी र जनप्रतिनिधिको सहभागिता रहेको उनले सुनाए ।