close

शिवसताक्षीको नगरसभा सम्पन्न, केके भए निर्णय ?

शिवसताक्षीको नगरसभा सम्पन्न, केके भए निर्णय ?

Trulli
ADVERTISEMENT

झापा - शिवसताक्षी नगरपालिकाको हिउँदे अधिवेशन तथा १३ औं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरसभा सम्पन्न गरेको हो । 

नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीका अनुसार शुक्रबार सम्पन्न भएको नगरसभाबाट चालु आर्थिक वर्षमा स्वीकृत बजेटको रकमान्तर तथा १२ वटा कानून सर्वसम्मत रुपमा पारित भएको छ । उनले नगरसभाले ११ वटा वडाका पौष मसान्तसम्म खर्च नभएका रकम रकमान्तर गरिएकाे पालिकाखबरलाई बताइन्। 

नगरसभाबाट नगरस्मार्ट विद्यालय निर्माण कार्यक्रमसम्बन्धी मापदण्ड २०८०, स्थानीय सेवा तहवृद्धि तथा बढुवा कार्यविधि २०८०, कन्टक्सन कन्टिजेसन रकम खर्चसम्बन्धी कार्यविधि २०८०, खानेपानी सरसफाई उपभोक्ता अभिलेखीकरण कार्यविधि २०८०, योजना अनुगमन तथा मूल्यांकन सम्बन्धी कार्यविधि २०८० डायर मेसिन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, शिवसताक्षी नगरपालिकामा करार कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि २०७८ जारी भएको छ । 

यसैगरी सरसफाई तथा फोहरमैला सञ्चालन निर्देशिका, खेलकुद विकास समिति गठन तथा सञ्चालन  कार्यक्रम, कर्मचार सम्मान तथा पुरस्कृत मापदण्ड २०७९ र खानेपानी व्यवस्थापन तथा एकीकृत ऐन २०८० जारी भएको छ । 

नगरसभाबाट सर्वोतम उत्कृष्ट १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । यसैगरी उत्कृष्ट पाँच जना कर्मचारीलाई सात हजार रुपैयाँ नगदसहित सम्मान गरेको उनले बताइन् ।