close

दुई कानून पारित गरी झापाको गाउँसभा सम्पन्न

दुई कानून पारित गरी झापाको गाउँसभा सम्पन्न

Trulli
ADVERTISEMENT

झापा - झापा गाउँपालिकाको गाउँसभाको विशेष अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको सभाध्यक्षमा गाउँसभा सम्पन्न भएको हो । 

सोमबार गाउँपालिकाको सभाहलमा भएको गाउँसभामा चालु आर्थिक वर्षको रकमान्तर, एक ऐन र एक विधेयक पारित गरेको छ । गाउँपालिकाको अनुसार अधिवेशनमा झापा गाउँपालिकाको शैक्षिक व्यवस्थापन गर्न बनेको शिक्षा विधेयक, २०८० र झापा गाउँपालिकाको शिक्षा ऐन, २०८० सर्वसम्मत रुपमा पारित गरिएको छ । 

गाउँसभामा सहभागी भएका जनप्रतिनिधिबीच विभिन्न विषयमा छलफलसमेत गरेको जनाइएको छ ।