close

त्रियुगाको वडा नम्बर १ ले बाँड्यो लक्षित समुदायलाई न्याना कपडा

त्रियुगाको वडा नम्बर १ ले बाँड्यो लक्षित समुदायलाई न्याना कपडा

Trulli
ADVERTISEMENT

उदयपुर– बाक्लो हुस्सुका कारण अत्यधिक चिसो बढेपछि उदयपुरको जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढ्दै गएपछि त्रियुगा नगरपालिका वडा नम्बर १ ले दलित, विपन्न तथा एकल महिलालाई न्याना कपडा वितरण गरेको छ । चिसो हावासँगै बाक्लो हुस्सुका कारण घाम नलागेपछि वडाले ९० ज्येष्ठ नागरिक, दलित, विपन्न तथा एकल महिलालाई न्याना कपडा सिरक वितरण गरेको हो ।

 

केही दिनअघि परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्यधिक चिसो बढेको छ । चिसो बढेपछि बेलका, चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयको जनजीवन कष्टकर बन्दै गएको हो । चिसोका कारण गरिब तथा विपन्न समुदायको थप प्रभावित भएका छन् । चिसो बढेसँगै स्थानीयले जाडोबाट बच्न आगो बाल्न थालेका छन् ।

 

चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक बढी समस्यामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ । त्रियुगा नगरपालिका वडा नम्बर १ जोगिदहले ज्येष्ठ नागरिक ५६, एकल महिला र दलित ३४ गरी ९० जनालाई सम्मानस्वरूप एक/एक थान सिरक, डसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको वडाध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए ।

 

ज्येष्ठ नागरिक नारायणप्रसाद ढकाललाई स्टिल लठ्ठी र ज्येष्ठ नागरिक महिला धनकुमारी विश्वकर्मालाई न्यानो टोपी उपहार दिइएको वडाध्यक्ष चौधरीले बताए ।