close

सरसफाइ सप्ताहको पहिलो दिन जे देखियो त्यही (फोटो फिचर)

सरसफाइ सप्ताहको पहिलो दिन जे देखियो त्यही (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । आज विश्व वतावरण दिवस । आजकै दिनदेखि नेपालमा सरसफाइ सप्ताह सुरु भएको छ ।

मैतिदेवी मन्दिरको सरसफाइ गर्दैे बालबालिका

सरसफाइ सप्ताहको पहिलो दिन विद्यालय, गुठी, क्लब, टोल सुधार समितिसँगै विभिन्न संघ संस्थाले काठमाडौंमा आ-आफ्नो क्षेत्रममा सरसफाइ गरेर मनाएका छन् । आफ्नो आसपास रहेका मन्दिर, सडक, पार्क र पोखरीजस्ता सार्वजनिक स्थलको सरसफाइ गरेका हुन् । 

यही ११ जुनसम्म मनाइने सरसफाइ सप्ताहको नारा ‘दिगो विकासको आधार : सफा धर्ती स्वच्छ व्यवहार’ तय गरिएको छ । नेपालमा सन् २००० देखि राष्ट्रिय सरसफाइ सप्ताह मनाउन थालिएको हो ।

फोहोरलाई मोहरमा परिणत गर्न निस्केका कागज तथा कवाडी संकलक

यसवर्ष २३औं राष्ट्रिय सरसफाइ सप्ताह हो । विभिन्न कार्यक्रमको आयोजना देशव्यापी सप्ताह मनाइने यसअघि नै राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले निर्णय गरिसकेको छ ।

पुरानो बानेश्वरनजिकै पोखरीको सरसफाइ गर्दै एक सुरक्षाकर्मी

परीक्षा दिएर बाहिर निस्केका एक कलेजका विद्यार्थी र छरपस्ट फालिएका कागजका टुक्रा