close

'इतिहास ढल्दैछ, सरकार मौन छ' (फोटो फिचर)

ज्येष्ठ कलेज त्रिचन्द्र, वर्षौँदेखि पुनर्निर्माणको पर्खाइमा

'इतिहास ढल्दैछ, सरकार मौन छ' (फोटो फिचर)

ज्येष्ठ कलेज त्रिचन्द्र, वर्षौँदेखि पुनर्निर्माणको पर्खाइमा

Trulli
ADVERTISEMENT

काठमाडौँ । एक सय ५ वर्ष अघि स्थापना भएको त्रिचन्द्र कलेजको मर्मत सम्भार र संरक्षणमा सरकारले ध्यान नदिएको भन्दै नेपाल विद्यार्थी संघले प्रतिकात्मक प्रदर्शन गरेको छ । 

विद्यार्थीहरूले क्याम्पसको संरक्षणतर्फ जिम्मेवार निकाय उदासीन भएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले शिक्षा मन्त्रालय हराएको सूचना, प्रधानमन्त्रीज्यू तपाई पढेको कलेज कहिले बन्ने, सेभ त्रिचन्द्र, यो कुरा सरकारले कहिले हो सुन्ने, हाम्रो कलेज त्रिचन्द्र कहिले हो बन्ने लेखेर प्लेकार्ड प्रदर्शनसमेत गरेका छन् ।

प्रधानमन्त्री स्वयंले पढेको र नेपालकै ज्येष्ठ कलेज भए पनि यसको संवर्धनमा सरकार उदासीन रहेको उनीहरुले बताएका छन् । प्रदर्शनका क्रममा उनीहरुले त्रिचन्द्र क्याम्पस बचाउन नारा समेत लगाएका थिए ।

विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र क्याम्पस शिक्षण संस्था मात्र नभएर इतिहास पनि हो । पुरातात्त्विक महत्त्वसमेत रहेको त्रिचन्द्र भवनमा बर्खा मासमा पानी चुहिन्छ । क्याम्पसको भवन वरपर झारले घेरिएको छ ।

तत्कालीन राजा महेन्द्रले समेत अध्ययन गरेको उक्त क्याम्पसमा पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालदेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पढेका थिए । 

त्यसैगरी बालकृष्ण सम, सुवर्ण शमशेर, लक्ष्मीप्रसाद देवकोटा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायतको पनि शैक्षिक थलो हो । २०७२ को भूकम्पले क्षति पुगेपछि क्याम्पस लथालिङ्ग अवस्थामा पुगेको हो । मर्मत सम्भार तथा पुनर्निर्माणको पर्खाइमा रहेको उक्त क्याम्पसको संरक्षण गर्न र्चातर्फी दबाब सृजना भइरहे पनि सरकारले चासो दिएको छैन ।