close

बाढीपछिको एक वर्ष, तस्बिरमा हेर्नुस् मेलम्ची

बाढीपछिको एक वर्ष, तस्बिरमा हेर्नुस् मेलम्ची

Trulli
ADVERTISEMENT

मेलम्ची ।  गतवर्ष असार १ गते लेदोसहितको बाढीले हेलम्बु र मेलम्चीका झण्डै साढे ५०० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए भने २६ जनाको ज्यान गएको थियो । 

करिव ४ हजार रोपनी जग्गा बगर बनेको थियो । बाढीका कारण राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै ७ झोलुङ्गे पुल, ९ पक्कीपुल र ३३ सार्वजनिक संरचना ध्वस्त भएका थिए ।

मेलम्चीमा खानेपानी आयोजनामा करिब २ अर्ब बराबरको क्षति भएको थियो । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाले पीडितहरूलाई राहतका कामहरु शुरु गरे पनि पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन ।