close

काठमाडौं महानगरको १० दिने समयावधि पूरा तर, हटाउन सकेनन् भिखारी (फोटोफिचर)

काठमाडौं महानगरको १० दिने समयावधि पूरा तर, हटाउन सकेनन् भिखारी (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको आज १० दिन पूरा भएको छ । 

काठमाडौं महानगरपालिकाले गत असार १७ गते एक सार्वजनिक सूचना निकालेर महानगरभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको हो । 

साधु, सन्त, जोगी वा भिक्षुले सनातनदेखि चलिआएको परम्परा अनुसार घर–घरमा पुगी भिक्षा माग्नेबाहेक सार्वजनिक स्थानबाट भिखारी हटाउने भनी निषेधको सूचना निकालेको १० दिन पुरा भए पनि माग्नेलाई हटाउन सकिएको छैन । 

मानव सेवा आश्रमसँग सहकार्य गरेर वास्तवमै आर्थिक समस्यामा परेर भिख भाग्न बाध्य व्यक्तिहरू पहिचान गरी सहयोग गर्ने महानगरले जनाएको थियो । काठमाडौंमा माग्न लगाउनेको गिरोह पनि सक्रिय रहेको काठमाडौं महानगरपालिका स्वीकार्छन् । 

महानगरले सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारी साधनमा बसेर भिख माग्‍न नपाउने भने पनि सबैतिर माग्नेहरू आज पनि छन् । महानगरले व्यवस्थापन गर्न सकेको छैन ।