close

काठमाडौं मलमा महानगरले चलायो डोजर (फोटोफिचर)

काठमाडौं मलमा महानगरले चलायो डोजर (फोटोफिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारामा रहेको काठमाडौं मलको अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । महानगरले नक्सा पासभन्दा बाहिर गएर मलले बनाएका संरचना भत्काएको हो ।

बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । प्रहरीले संचरना भत्काउनु अगाडि पसल खाली गराएको थियो । पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ ।

यसअघि गत सोमबार महानगरले बानेश्वर क्षेत्रमा अनाधिकृत संरचना भत्काएको थियो ।