close

विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गर्दा २ करोडको क्षति (फोटो फिचर)

विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गर्दा २ करोडको क्षति (फोटो फिचर)

Trulli
ADVERTISEMENT

बारा । शैक्षिक भ्रमणका लागि बजेट नदिएको भन्दै तीन विद्यालयका विद्यार्थीहरूले सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । 

कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका करिब ५०० विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । तोडफोड हुँदा कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सीजस्ता फर्निचरसहित २ करोड बराबरको मूल्यको सामग्री क्षति भएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले पालिका खबरलाई बताए । 

नगरपालिकाभित्र रहेका ३ वटै विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमण आर्थिक सहयोग माग गर्दै एक साताअघि कार्यालयमा लिखित पत्र बुझाएका थिए ।

तर, नगरपालिकको डेंगु संक्रमण देखिएकोले दशैपछि विद्यालयमा पैसा पठाउने विद्यार्थीहरुलाई नगरप्रमुख कलवारले आश्वासन दिएका थिए ।  ३ वटै विद्यालयका प्रधानाध्यापकहरुसंग छलफल चलिरहेको अवस्थामा विद्यार्थीहरूले एक्कासी ढुङ्गामुडा गरेका नगर प्रुमख कलवारको भनाइ छ । 

यसअघि २०७७ माघ १६ गते बरहथवा नगरपालिका सर्लाहीमा यस्तै घटना भएको थियो । बरहथवा नगरपालिका-५ चक्रजनता शहीद गंगा माध्यामिक विद्यालयका बिद्यार्थीहरुले  नगरपालिका कार्यलयमा तोडफोड गरेका थिए । 

तस्बिर: सुरेश यादव/सिम्रौनगढ नगरपालिका