close

आफैं श्रमदानमा जुटे परशुरामका मेयर जोशी (फोटो फिचर)

आफैं श्रमदानमा जुटे परशुरामका मेयर जोशी (फोटो फिचर)

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी आफैं श्रमदानमा खटिरहेका छन् । पन्तुरा नदीको पक्की तटबन्ध बाढीले बगाएर सिमलखेत र ठन्जाला गाउँ डुबानमा परेपछि तटबन्ध मर्मतका लागि स्थानीयसहित मेयर आफैं श्रमदानमा जुटेका हुन् । 

गत भदौ ३१ गते आएको वर्षाका कारण नगरपालिका- ६ स्थित पन्तुरा नदीमा लगाइएको तटबन्ध फुट्दा सिमलखेत र ठन्जालामा करोडौंको क्षति भएको नगरपालिकाले जनाएको छ । थप क्षति नहोस् भन्दै नगरप्रमुख सहित स्थानीयहरू स्वेच्छिक रुपमा श्रमदानमा जुटेका नगरपालिकाले जनाएको छ । 

हिजोदेखि सुरु भएको उक्त श्रमदान आज पनि जारी छ । अहिले जालीमा ढुङ्गा भर्ने काम भइरहेको मेयर जोशीले बताए । सुदूरपश्चिमकै कान्छा मेयर जोशी आफैं ढुङ्गा बोक्न सक्रिय भएका हुन् । उनले जनताको दुःख कम गर्न आफै फिल्डमा खटेको पालिका खबरलाई बताए ।