close

साप्ताहिक सरसफाइ अभियान आज पनि सम्पन्न (फोटो फिचर)

साप्ताहिक सरसफाइ अभियान आज पनि सम्पन्न (फोटो फिचर)

Trulli
ADVERTISEMENT

काठमाडौं । महानगरलाई स्वच्छ, सुन्दर र सफा राख्ने उद्देश्यसहित हरेक शुक्रबार सरसफाइ विशेष अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले आज पनि बजार तथा सडक सरसफाइ गरेको छ । 

महानगर क्षेत्रलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र गरी तीन भागमा बाँडेर सरसफाइ विशेष अभियान जारी रहेको महानगरका प्रमुख नागेश कोइरालाले जानकारी दिए । 

भदौ ४ गतेको बैठकले हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज पनि सरसफाइ सम्पन्न भएको महानरगरपालिकाले पालिका खबरलाई जनाएको छ । 

यसअघि प्रत्येक शनिबार बिहान नगर क्षेत्र सरसफाइ अभियान सञ्चालनमा थियो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी प्रमुख, राष्ट्रसेवक कर्मचारी, समाजसेवीलगयात विभित्र सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता सरसफाइ हुँदै आएकोमा महानगरले शुक्रबार अभियान जारी राखेको हो ।