close

तिहारअघि नै धान भित्र्याउन भ्याइनभ्याइ (फोटो फिचर)

तिहारअघि नै धान भित्र्याउन भ्याइनभ्याइ (फोटो फिचर)

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाको बाराहीपुलका स्थानीय तिहारअगाडि नै भकारीमा धान भित्र्याउन भ्याइनभ्याइ छ । 

लक्ष्मीपूजामा नयाँ धान चढाउनका लागि पनि भक्तपुरका किसानहरू यतिबेला धान भित्र्याउन लागी परेका हुन् । उनीहरूको दैनिकी यतिबेला धान काट्ने, सुकाउने र ओल्टाइपल्टाइमा बित्ने गरेको छ ।

साथै, सडक किनारमा सुकाइरहेको धान नियालेर यहाँ घुम्न आउने पर्यटकसमेत रमाएको देख्न सकिन्छ । स्थानीयहरु मिलेर धान सुकाउने र उठाउने गर्छन् । 

राम्रोसँग नसुकाई भण्डारण गर्दा धानमा किरा लाग्ने तथा बिग्रिने गर्दछ । त्यसैले धानलाई राम्रोसँग सुकाउन उनीहरूले खुला ठाउँलाई उपयोग गरेका हुन् ।