close

रैनादेवीमा निःशुल्क स्वास्थ्य शिविर

रैनादेवीमा निःशुल्क स्वास्थ्य शिविर

Trulli
ADVERTISEMENT

 पाल्पा ।  रैनादेवी छहरा गाउँपालिकामा महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। जिल्ला स्वास्थ्य कार्यालयको सहयोग र गाउँपालिकाको समन्वयमा वडा नम्बर ३ भुवनपोखरीमा  सो शिविर सम्पन्न भएको हो  ।

शिविरमा ३ नं वडाका महिलाहरूलाई लक्षित गरी महिलाहरूको प्रजनन् अङ्गमा हुने क्यानसर हुनु अगावैको अवस्था परीक्षण, पाठेघर खस्ने तथा फिस्टुला परीक्षण, यौन रोगको परीक्षण पहिचान, परिवार योजना परामर्श आदि  सेवाहरू प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष  रुक्माङ्गत भट्टराईले गरेका थिए। सो कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीको अध्यक्षता, ३ नं वडाध्यक्ष प्रदिप पौडेल, स्वास्थ्य शाखा प्रमुख जीवन राना लगायतको आतिथ्यतामा सम्पन्न भएको हो।

तस्वीर: रैनादेवी छहरा गाउँपालिकाकाे सामाजिक सञ्जालबाट