close

साकेलामा सामाजिक सुरक्षा भत्ता वितरण

साकेलामा सामाजिक सुरक्षा भत्ता वितरण

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका र नेपाल एसबिआई बैंक साकेला शाखाद्धारा सँयुक्त आयोजनामा सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । 

गाउँपालिकाको अनुसार तेश्रो त्रैमासिक रकम वितरण सम्बन्धी भुक्तानी शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईका अनुसार शिविरको पहिलो दिन े वडा नंम्बर स्थित वडा कार्यालय बाँझेच्यानडाँडामा वितरण गरिएको हो । 

शिविरमा ७६ जना जेष्ठ नागरिक, अशक्त अवस्थाका नागरिकहरुलाई  ९ लाख ६२००० रकम वितरण गरिएको जनाएको छ । 

तस्वीर: साकेला गाउँपालिकाकाे सामाजिक सञ्जालबाट