close

सुनकोशीको घुम्ती शिविर सम्पन्न (तस्वीरसहित)

सुनकोशीको घुम्ती शिविर सम्पन्न (तस्वीरसहित)

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चाेक । सुनकोशी गाँउपालिकाले एकीकृत घुम्ती शिविर समापन गरेको छ । गाउँपालिकाले विभिन्न सेवासहित सञ्चालन गर्दै आएको घुम्ति शिविर शनिवार समापन गरेको हो । 

गाउँपालिकाले पालिकाभित्रका ७ वटै वडाको केन्द्र देखि टाढा रहेका ७ क्षेत्रमा शिविर संचालन गर्दै आएको थियो । शिविरमा वडा कार्यालय तथा पालिकाले दिने विभिन्न सेवासम्बन्धि शिविर सञ्चालन गरेको जनाइएको छ । 

शिविरमार्फत ४७ जनालाई जेष्ठ नागरिक परिचयपत्र , ३०० जना महिलाहरुमा पाठेघर स्क्रिनिङ तथा प्रजनन स्वास्थ्य सम्बन्धि परीक्षण, १९ वटा उद्योग तथा फर्महरु दर्ता , १०२४ जना कृषकलाई बीउ बिजन तथा कृषि ज्ञान र कृषि पुस्तक वितरण गरेको छ । यसैगरी , १०२७ जना कृषकलाई पशुपंक्षीको लागि ओैषधि वितरण १०२४ जनाको सुगर र रक्तचाप परिक्षण गरेको छ । 

गाउँपालिकाको अनुसार ९ वटा बोका बन्ध्याकरण र १ जनाले अपांगता परिचयपत्र वितरण भएको छ । शिविरमा सम्बन्धित क्षेत्रका नागरिकहरुको उत्साहजनक उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ । 

तस्बीर: सुनकाेशी गाउँपालिकाकाे सामाजिक सञ्जालबाट