close

थानकोट-चन्द्रागिरि भन्ज्याङ पदमार्ग निर्माण

थानकोट-चन्द्रागिरि भन्ज्याङ पदमार्ग निर्माण

Trulli
ADVERTISEMENT

काठमाडौं । थानकोट-चन्द्रागिरि भन्ज्याङ पदमार्ग निर्माण कार्य अन्तिम चरणमा रहेको छ। सो पदमार्ग अन्तर्गत सिढी, विश्रामस्थल, पुल, रेलिंग लगायत अन्य पुर्बाधारको निर्माण भएको हो।

 करिब ३ किलोमिटरको उक्त पदमार्ग निर्माण पालिकाको वडा नम्बर ४ को पानीघाटबाट शुरु भएर चन्द्रागिरी भन्ज्याङ सम्म पुग्नेछ। आगामी आर्थिक बर्षमा उक्त पदमार्गमा सूचना पाटी लगायत अन्य आवश्यक पूर्वाधारको निर्माण हुने कुरा नगर प्रमुख घनश्याम गिरीले बताए ।

 चन्द्रागिरि नगरपालिकाको आन्तरिक तथा वाह्य पर्यटन प्रवर्धनमा यस पदमार्ग कोसेढुङ्गा साबित हुने कुरा बताउदै नगर प्रमुखले निकट भविष्यमा अन्य केहि स्थानमा पनि पदमार्ग र साइकल ट्रेलको निर्माण हुने कुरा पनि जानकारी गराए । उक्त पदमार्ग निर्माण टेण्डर मार्फत करिब २ करोड लगानीमा हुदै गरेको छ। 

नगरपालिकाले प्रत्येक बर्ष माग गरेर प्राप्त गर्ने नगरपालिका प्रदेश समपुरक बजेटबाट उक्त निर्माण कार्य भएको हो । जस अन्तर्गत नगरपालिका र प्रदेश सरकारको ५०/५० लागत सहभागिता रहेको छ।