close

रुरुक्षेत्र गाउँपालिकामा  ५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

रुरुक्षेत्र गाउँपालिकामा  ५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

Trulli
ADVERTISEMENT

गुल्मी - रुरुक्षेत्र गाउँपालिका  ५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भइरहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो प्रतियोगिता भएको हो । 

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख छविलाल विकका अनुसार प्रतियोगितामा पालिकाभित्रका १२ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा छात्र भलिवल, छात्रा भलिवल र हाइजम्प प्रतियोगिता भएको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार सो प्रतियोगिताको लागि गाउँपालिकाले चालु आवमा करिब पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  कार्तिक २२ गते देखि २४ गते अर्थात शुक्रबारसम्म भइरहेको छ । आज अन्तिम खेल भइरहेको उनले सुनाए ।